सिँचाई गर्ने कुलो मर्मत नहुँदा किसान समस्यामा
जुम्ला । गत असोज महिनामा आएको बाढीका कारण कुलो बगाउँदा जुम्लाको चन्दननाथ नगरपालिकाका किसानहरू समस्यामा परेका छन् । बाढीले चन्दननाथ नगरपालिकाको वडा १ देखि ५ सम्मका किसानले प्रयोग गर्दै आएको माझकुलो र ठिन्केकुलो बगाएको थियो ।
उक्त कुलो हालसम्म पनि मर्मत नहुँदा झण्डै २ हजार ५ सय हेक्टर जमिन बाँझो रहने चन्दननाथ-२ का किसान दीपबहादुर मल्लले बताए । उनले उक्त कुलो मर्मतमा सरकारले चासो नदिँदा हिउँदे बाली लगाउन ढिलो भएको बताए । कुलो नबन्दा जेठ महिना रोपाइँ गर्न पनि गह्यो हुने किसानहरूले बताएका छन् ।
चन्दननाथ-१ का किसान हरिशरण आचार्यले कुलो निर्माण गर्न सरकारले सहयोग गर्नुपर्ने बताए । यस्तै किसानहरूले कुलो मर्मतको माग गर्दै जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ । स्थानीय प्रशासनले भौतिक पूर्वाधार कार्यालय, सिँचाइ कार्यालय र चन्दननाथ नगरपालिकाका प्रतिनिधि राखेर छलफल पनि गरेको थियो । तर पनि किसानको माग पूरा हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
-
विकास बाहिरबाट आयात गर्ने विषय होइन, नेपालको आफ्नै मोडल चाहिन्छ : शाही
-
मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण