सांसद भण्डारीको पहिलो अप्रेसन सफल, दोस्रो अप्रेसनको तयारी
शुक्रबार, ०५ फागुन २०७९, १६ : १४
काठमाडौँ । कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारीको शुक्रवार पहिलो अप्रेसन भएको छ। भारतको मुम्बईस्थित नेशनल बर्न्स सेन्टरमा बिहीबार साँझदेखि उपचाररत भण्डारीको शुक्रवार दुवै खुट्टाको अप्रेसन गरिएको हो । पहिलो अप्रेसन सफल भएको दाबी गर्दै चिकित्सकहरूले दोस्रो अप्रेसनबारे छलफल गरिरहेका छन्। बुधवार राति ग्यास लिक भएपछि आगलागीबाट घाइते भएका भण्डारीको अनुहार, हात र खुट्टामा जलन भएको थियो।
कांग्रेस नेता योगराज कँडेलका अनुसार नेशनल बर्न्स सेन्टरका चिकित्सक डा.सुनिल केसवानी, डा.सन्दीप मिस्त्री र डा.अमुलको परामर्श तथा निगरानीमा नेता भण्डारीको उपचार भइरहेको मुम्बईमा रहेका छ । पछिल्लो रिपोर्टअनुसार भण्डारीको पारामिटर सामान्य छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको १०औँ बजेट आउँदै, यसअघिका ९ बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण