कुशल र दीपेन्द्र नायक बन्दा नेपाल ३ विकेटले विजयी
काठमाडौँ । कीर्तिपुरमा जारी आईसीसी पुरुष विश्वकप लिग टू अन्तरगतको खेलमा नेपालले लगातार दोस्रो जीत निकाल्दै स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको छ । स्कटल्याण्डले जीतका लागि राखेको २ सय ७६ रनको लक्ष्य नेपालले ४७ औँ ओभरमा ७ विकेटको क्षतिमा पछ्याएको हो । नेपालको जीतमा दीपेन्द्र सिंह ऐरीले नटआउट रहँदै ८५ रन बनाए । उनलाई सोमपाल कामीले अन्तिमसम्म २४ रन बनाएर राम्रो साथ दिए । त्यस्तै कुशल मल्लले ८१ रन बनाउँदै नेपाललाई जीत तर्फ अग्रसर गराए । यसअघि टस हारेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्डले ९ विकेटको क्षतिमा २ सय ७४ रन बनाएको थिए ।
स्कटल्याण्डका लागि माइकल लिस्कले शतकीय पारी खेल्दै पारीलाई ठुलो योगफलतर्फ डोर्याएका थिए । उनले ८५ बलमा १०७ रन बनाए । उनीबाहेक ज्याक जार्भिसले २६ तथा ओपनर क्रिस्टोफर म्याकब्राइड र ब्रान्डन म्याकमुलेनले समान २२ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ३ तथा कुशल मल्लले दुई विकेट लिए । सोमपाल कामी, कुशल भुर्तेलले र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए । नेपालले आफ्नो पहिलो खेलमा नामिबयामाथि २ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो । स्कटल्याण्डले पनि यसअघि नामिबियालाई १० विकेटले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको १०औँ बजेट आउँदै, यसअघिका ९ बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण