प्रचण्ड निस्केलगत्तै ओली भेट्न बालकोट पुगे चिनियाँ राजदूत
शुक्रबार, ०५ फागुन २०७९, २० : १९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष ओलीलाई भेटेर बालकोटबाट निस्केलगत्तै शुक्रबार अपराह्न ओली भेट्न चिनियाँ राजदूत चेन बालकोट पुगेका हुन् ।
राष्ट्रपति निर्वाचन र सत्ता समीकरणबारे सत्ता साझेदार दल एमाले र माओवादीबीच सहमति जुट्न नसकिरहेका बेला चिनियाँ राजदूतले पूर्व प्रधानमन्त्री समेत रहेका ओलीलाई भेटेका हुन् ।
शुक्रबार प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच २ घण्टाभन्दा बढी भेटवार्ता भएको थियो ।
ओलीसँगको भेटवार्तापछि बालकोटबाट निस्कने क्रममा प्रचण्डले गठबन्धन नछुट्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको १०औँ बजेट आउँदै, यसअघिका ९ बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण