दुर्गा प्रसाईंलाई कारबाही गर्न केन्द्रमा सिफारिस
काठमाडौँ । नेकपा एमालेको १ नम्बर प्रदेश कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ ।
शनिबार बिहान बसेको प्रदेश कमिटीको बैठकले यस्तो सिफारिस गरेको जानकारी कमिटी संयोजक तुलसी न्यौपानेले दिए । उनका अनुसार प्रसाईंका पछिल्ला गतिविधि पाटी हित विपरित भएकाले कारबाही गर्न केन्द्रमा सिफारिस गरिएको हो ।
प्रसाईंले केही दिन अघि पूर्व राजा ज्ञानेन्द्र शाह र पारस शाहलाई सहभागी गराई एक कार्यक्रमको आयोजना गरेका थिए । मुलुकमा गणतन्त्र स्थापनाका लागि एमालेले गरेको योगदानलाई बिर्सेर प्रसाईंले मनपरी ढङ्गले पार्टी हित विपरित कार्य गरेको एमालेकै नेताहरूले बताउँदै आएका छन् ।
एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रदेश कमिटीको पत्र हेरेर कारबाही प्रक्रिया अगाडि बढाउने बताए । उनले भने,‘पत्रानुसार तुरुन्तै कारबाही प्रक्रिया अगाडि बढाउँछौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
-
कीर्तिपुरका सुकुमबासी खरिपाटीमाः गाँसको टुंगो छैन, बालबालिकाको बिजोग
-
मुन्द्रा लुट्ने एक जना पक्राउ
-
क्युबामा देशव्यापी बिजुली कटौतीपछि आइतबारदेखि विद्युत आपूर्ति पुनर्स्थापना
-
सुस्तामा घरदैलोमार्फत नागरिकता विवरण सङ्कलन सुरु
-
बङ्गलादेशमा मनसुनी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण