शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

दुर्गा प्रसाईंलाई कारबाही गर्न केन्द्रमा सिफारिस

उपमहासचिव ज्ञवालीले भने – पत्र हेरेर तुरुन्तै कारबाही अगाडि बढाउँछौँ
शनिबार, ०६ फागुन २०७९, १६ : ००
शनिबार, ०६ फागुन २०७९

काठमाडौँ । नेकपा एमालेको १ नम्बर प्रदेश कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ ।

शनिबार बिहान बसेको प्रदेश कमिटीको बैठकले यस्तो सिफारिस गरेको जानकारी कमिटी संयोजक तुलसी न्यौपानेले दिए । उनका अनुसार प्रसाईंका पछिल्ला गतिविधि पाटी हित विपरित भएकाले कारबाही गर्न केन्द्रमा सिफारिस गरिएको  हो । 

प्रसाईंले केही दिन अघि पूर्व राजा ज्ञानेन्द्र शाह र पारस शाहलाई सहभागी गराई एक कार्यक्रमको आयोजना गरेका थिए । मुलुकमा गणतन्त्र स्थापनाका लागि एमालेले गरेको योगदानलाई बिर्सेर प्रसाईंले मनपरी ढङ्गले पार्टी हित विपरित कार्य गरेको एमालेकै नेताहरूले बताउँदै आएका छन् । 

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रदेश कमिटीको पत्र हेरेर कारबाही प्रक्रिया अगाडि बढाउने बताए । उनले भने,‘पत्रानुसार तुरुन्तै कारबाही प्रक्रिया अगाडि बढाउँछौँ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप