आईसीसी पुरुष क्रिकेट
नेपाललाई जीतका लागि २ सय ७५ रनको लक्ष्य
शनिबार, ०६ फागुन २०७९, १२ : ३७

काठमाडौँ । कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत नामिबियाले नेपालसामु जीतका लागि २ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ७४ रन बनाएको हो ।
नामिबियाका लागि जेन ग्रिनले नटआउट रहँदै सर्वाधिक ७५ रनको योगदान दिए भने पिक्की या फ्रान्सले रन आउट हुनअघि ४९ रन बनाए । ओपनर लो हान्द्रे लरेन्सले ४१ रन बनाउँद रुबेन ट्रम्पलम्यानले नटआउट रहेर २४ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने करण केसीले १ विकेट लिए । नेपालले यसअघि प्रतियोगितामा खेलेका दुवै खेल जितेको थियो ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
नदी कटान रोकथाम गर्न सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल
-
लोकप्रियतावादतिर लाग्दिनँ भन्दै अर्थमन्त्रीले बजेटबारे गरेका पाँच संकेत
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
शिक्षा उपसमितिले आज विद्यालय शिक्षा विधेयकको प्रतिवेदन समितिलाई बुझाउने
-
शान्ति श्री र गौरवको 'लजाउने हैछौनि'मा मिस पवीकाे अभिनय