क्रिकेटमा नेपालको उत्कृष्ट प्रदर्शन, प्रधानमन्त्रीद्वारा पुरस्कार दिने घोषणा
काठमाडौँ । काठमाडौँमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–टु अन्तर्गत त्रिकोणात्मक शृङ्खलामा नेपालले उत्कृष्ट प्रदर्शन गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रशंसा गरेका छन् ।
उनले उत्कृष्ट प्रदर्शनबाट लगातार तेस्रो जित निकाल्न सफल नेपाली टिमलाई बधाई ज्ञापन गरेका छन् । उनले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सरकारको तर्फबाट प्रोत्साहित र पुरस्कृत गरिने घोषण गरेका छन् ।
प्रचण्डले ट्वीटरमा भनेका छन्, ‘काठमाडौँमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–टु’अन्तर्गत त्रिकोणात्मक शृङ्खलामा उत्कृष्ट प्रदर्शनबाट लगातार तेस्रो जित निकाल्न सफल भएकोमा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै उत्कृष्ट खेलाडीहरूलाई सरकारको तर्फबाट प्रोत्साहित र पुरस्कृत गरिने विश्वास दिलाउँछु।’
नेपालले पहिलो र तेस्रो खेलमा नामिबिया, दोस्रो खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
-
सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न : अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?
-
सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यक : मुख्यमन्त्री आचार्य
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण