सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

फिलिपिन्समा विमान दुर्घटना

आइतबार, ०७ फागुन २०७९, १४ : ०१
आइतबार, ०७ फागुन २०७९

मनिला । चार जना सवार एउटा सानो विमान मध्य फिलिपिन्समा दुर्घटना भएको छ । उद्धारकर्मीहरूले उनीहरूको खोजी गरिरहेका नागरिक उड्डयन कार्यालयका एक अधिकारीले बताएका छन् । 

नागरिक उड्डयन कार्यालयका अनुसार विमान चालक, चालक दलका अर्का एक सदस्य र दुई जना यात्री विमानमा सवार थिए । सेस्ना ३४० विमान राजधानीको दक्षिणमा अवस्थित बिकोल अन्तर्राष्ट्रिय विमानस्थलबाट मनिलाका लागि उडेको केही समयपछि शनिबार बिहानदेखि वेपत्ता भएको थियो । 

स्थानीय खोज तथा उद्धार टोलीले विमानस्थल नजिकै सम्भावित दुर्घटनास्थल पहिचान गरेको नागरिक उड्डयन कार्यालयका प्रवक्ता एरिक अपोलोनियोले एएफपीलाई बताएका छन् । प्रतिकूल मौसमका कारण खोजीमा कठिनाइ भएको छ । फिलिपिन्सको उत्तरी प्रान्त इसाबेलामा सेस्ना विमान दुर्घटना भएको एक महिनाभन्दा कम समयमा फेरि यो अर्को विमान दुर्घटना भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप