बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

दार्चुला र सिन्धुपाल्चोकमा करेन्ट लागेर २ जनाको मृत्यु

आइतबार, ०७ फागुन २०७९, १७ : ०८
आइतबार, ०७ फागुन २०७९

काठमाडौँ । सिन्धुपाल्चोक र दार्चुलामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ बगरखोलास्थि गुम्बा गाउँमा हाइड्रोपावरमा काम गर्ने एक मजदुरको करेन्ट लागेर मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दियाको गुलरिया नगरपालिका ८ घर भएका सरोज थारु रहेका छन् । गुम्बा गाउँनजिकै ११ हजार भोल्टेजको हाइटेशन लाइन बनाउने क्रममा शनिबार साँझ उनको करेन्ट लागेर मृत्यु भएको प्रहरीको भनाई छ । 

त्यस्तै दार्चुलामा पनि करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको मार्मा गाउँपालिका–३ नलबगडमा कैलाली लम्किचुहा नगरपालिका–३ कर्णाली चिसापानी बस्ने २३ वर्षीय लिला थापाको करेन्ट लागेर मृत्यु भएको हो । थापा से १ क ११३० नम्बरको टिपरका चालक हुन् । टिपरले सडकमा माटो फाल्ने क्रममा ढालाको भाग विद्युतको तारमा छुन जाँदा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको हो । साथै करेन्ट लागेर घाइते भएका टिपरका सहचालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप