स्वीकृत भएका अध्यादेश प्रतिस्थापन गर्ने गण्डकी सरकारको तयारी
पोखरा । गण्डकी प्रदेशसभाबाट स्वीकृत भएका अध्यादेश प्रतिस्थापन गर्ने गण्डकी सरकारले तयारी गरेको छ । गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाबाट स्वीकृत भइसकेपछि प्रतिस्थापन विधेयक ल्याउन लागेको हो ।
माघ १९ गते गण्डकी प्रदेशसभाले दुइटा अध्यादेश स्वीकृत भएका थियो । अघिल्लो सरकारका कानुन मन्त्री विन्दु थापाले अधिवेशन सुरु भएको पहिलो दिन पुस १८ गते उक्त अध्यादेश टेबुल गरेका थिए । उक्त अध्यादेश सर्वसम्मतिले स्वीकृत भए पनि ऐनका मान्यता दिन प्रतिस्थापन विधेयक ल्याउन सोमबार प्रदेशसभामा दर्ता हुँदै छ । उक्त प्रतिस्थापन विधेयक फागुन ५ गते गण्डकी प्रदेशसभा सचिवालयमा दर्ता भएको प्रवक्ता प्रेम सुवेदीले बताए ।
सोमवारको प्रदेशसभा तालिकाबारे कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको छैन । ‘सभामुखले बैठक बस्ने निर्णय सुनाइसक्नुभयो । प्रदेशसभा सचिवालयमा अरू विधेयक दर्ता भएका छैनन् । यी दुई वटा विधेयक दर्ता हुन्छन्,’ प्रदेशसभा स्रोतले भन्यो । प्रदेश सचिवालयमा दर्ता भएको तीन दिनपछि मात्र प्रदेश सभामा प्रतिस्थापन विधेयक दर्ता गर्न सक्ने कानुनी व्यवस्था छ । संघ सरकारले गर्दै आएको एघारौँ तह (सहसचिव) सम्मको कर्मचारीको सरुवा बढुवा र वृत्ति विकास मुख्यमन्त्री कार्यालय आफैँले कानुनी मान्यता पाउनेछ । ‘अधिकृत एघारौँ तह (सहसचिव) वा सो सरहको कर्मचारीको सरुवा बढुवा प्रदेश सरकार अर्थात् मन्त्रिपरिषद्को बैठकमार्फत गर्न सक्नेछ,’ स्वीकृत भएको कानुनमा छ ।
अब अधिकृत दसौँ, नवौँ, आठौँ र सातौँ तह वा सो सरहका कर्मचारीको सरुवा प्रदेशको प्रमुख सचिवले गर्न सक्छ । अन्तर मन्त्रालयगत सरुवा भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्ने छ । अधिकृत छैटौँ तह र सोभन्दा मुनिका सबै कर्मचारीको सरुवा अधिकार सम्बन्धित मन्त्रालयका सचिवलाई अधिकार दिइएको छ । प्रदेश सरकारले पास गरेको उक्त विधेयकमा निजामती कर्मचारीले अब विवाह बिदा समेत पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण