बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बार्सालाई पुनः आठ अंकको अग्रता

सोमबार, ०८ फागुन २०७९, ०६ : ०८
सोमबार, ०८ फागुन २०७९

क्याम नाउ । क्याडिजलाई हराउँदै बार्सिलानाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा आठ अंकको अग्रता पुनः कायम गरेको छ । आइतबार राति भएको खेलमा बार्सिलोना २–० गोलले विजयी बनेको हो ।

पहिलो हाफको अन्त्यमा सर्जी रोबेर्टोले गोल गर्दै बार्सालाई अग्रता दिलाए भने लगत्तै रोबर्टो लेवान्डोस्कीले अग्रता दोब्बर बनाए । यो सिजन लेवान्डोस्कीले १५ गोल गर्दै लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा सबैभन्दा अघि रहेका छन् । उनी करिम बेन्जेमा र जोसेलुभन्दा ४ गोलले अघि छन् ।

त्यस्तै बार्सिलोनाले यो सिजन उत्कृष्ट डिफेन्सको प्रदर्शन गर्दै २२ खेलमध्ये १७ मा क्लिन सिट राख्न सफल भएको छ । यसअघि डिपोर्टिभो ला कोरुनाले सन् १९९३–९४ मा १६ वटा खेलमा क्लिन सिट राखेको थियो ।

जीतसँगै बार्साले २२ खेलबाट ५९ अंक बटुलेको छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडको ५१ अंक रहेको छ । उता चौथो स्थानमा रहेको एट्लेटिको मड्रिडले एथ्लेटिक बिल्बाओलाई १–० गोलले हरायो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप