बार्सालाई पुनः आठ अंकको अग्रता
क्याम नाउ । क्याडिजलाई हराउँदै बार्सिलानाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा आठ अंकको अग्रता पुनः कायम गरेको छ । आइतबार राति भएको खेलमा बार्सिलोना २–० गोलले विजयी बनेको हो ।
पहिलो हाफको अन्त्यमा सर्जी रोबेर्टोले गोल गर्दै बार्सालाई अग्रता दिलाए भने लगत्तै रोबर्टो लेवान्डोस्कीले अग्रता दोब्बर बनाए । यो सिजन लेवान्डोस्कीले १५ गोल गर्दै लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा सबैभन्दा अघि रहेका छन् । उनी करिम बेन्जेमा र जोसेलुभन्दा ४ गोलले अघि छन् ।
त्यस्तै बार्सिलोनाले यो सिजन उत्कृष्ट डिफेन्सको प्रदर्शन गर्दै २२ खेलमध्ये १७ मा क्लिन सिट राख्न सफल भएको छ । यसअघि डिपोर्टिभो ला कोरुनाले सन् १९९३–९४ मा १६ वटा खेलमा क्लिन सिट राखेको थियो ।
जीतसँगै बार्साले २२ खेलबाट ५९ अंक बटुलेको छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडको ५१ अंक रहेको छ । उता चौथो स्थानमा रहेको एट्लेटिको मड्रिडले एथ्लेटिक बिल्बाओलाई १–० गोलले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण