नेपाल–पाकिस्तान मैत्रीपूर्ण ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक
काठमाडौँ ।पाकिस्तानी दूतावासको आयोजनामा हुने आठौँ संस्करणको नेपाल–पाकिस्तान मैत्रीपूर्ण ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी सोमवार सार्वजनिक गरिएको छ । पाकिस्तानी दूतावासमा आयोजित एक कार्यक्रममा प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको हो ।
सार्वजनिक कार्यक्रमपछि बोल्दै नेपाली टोली पूर्वकप्तान पारस खड्काले प्रतियोगिताबाट नेपाली युवा प्रतिभावान खेलाडीले मौका पाउने गरेको बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हिसाबमा युवा खेलाडीले खेल्ने गरे पनि दूतावासले आयोजना गर्दै आएको प्रतियोगिताले युवा खेलाडीलाई मौका दिने गरेको बताए ।
प्रतियोगितामा कुल १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपालमा रहेका उदीयमान खेलाडीको हौसला प्रदान गर्नका लागि आयोजना गर्दै आएको छ । प्रतियोगिताको ट्रफी नेपालको तर्फबाट पूर्व कप्तान पारस खड्का र दूतावासका उपराजदूत उमर अलिले संयुक्त रूपमा सार्वजनिक गर्नुभयो । प्रतियोगिता १० मार्चदेखि १८ मार्चसम्म आयोजना हुँदैछ । दूतावासले सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरी खेलाउनेछ । चार समूहका शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् र सेमिफाइनलमा विजयी टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
-
सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न : अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?
-
सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यक : मुख्यमन्त्री आचार्य
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण