शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालले दोस्रो विकेट गुमायो

मङ्गलबार, ०९ फागुन २०७९, १३ : ४८
मङ्गलबार, ०९ फागुन २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले सातौँ ओभरको पहिलो बलमा दोस्रो विकेट गुमाएको हो । 

नेपालका आसिफ शेख १२ रन बनाउँदै आउट भए । यसअघि नेपालले दोस्रो ओभरमा नै पहिलो विकेट गुमाएको थियो । नेपालका कुशल भुर्तेल १ रन बनाएर दोस्रो ओभरको पहिलो बलमा आउट भए । अहिले नेपालका लागि क्रिजमा रोहित कुमार पौड्यल र ज्ञानेन्द्र मल्ल छन् । यसअघि स्कटल्यान्डले ४६ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै २१२ रन बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप