बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपालको तेस्रो विकेट पतन, ज्ञानेन्द्र २१ रन बनाएर आउट

मङ्गलबार, ०९ फागुन २०७९, १३ : ५३
मङ्गलबार, ०९ फागुन २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले ११ औँ ओभरको तेस्रो बलमा तेस्रो विकेट गुमाएको हो । 

नेपालका ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भए । उनलाई स्कटल्यान्डका मार्क वाटले एलबीडब्लू आउट गराएका हुन् । यसअघि नेपालले आसिफ शेखलाई दोस्रो र कुशल भुर्तेललाई पहिलो विकेटको रूपमा गुमाएको थियो । यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४६ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै २१२ रन बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप