नेपाल विद्यालय कर्मचारी परिषद्ले गर्दै आएको आन्दोलनमा अन्तर्राष्ट्रिय सहयोग माग्ने
काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले विभिन्न माग अघि सारेर आन्दोलन गर्दै आएको छ । सेवा सुरक्षा लगायतका विभिन्न माग अघि सारेर गत भदौं १ गतेदेखि नै उनीहरूले आन्दोलन गर्दै आएका छन् । उनीहरूका माग सम्बोधन गर्न शिक्षा मन्त्रालय सकारात्मक छ । त्यही आधारमा अर्थलाई परिपत्र गरेको थियो । अर्थमा पठाइएको फाइलमा कुनै सुनुवाई हुन सकेको छैन ।
सरकारले आफ्ना मागहरू सम्बोधन गर्नमा ढिलासुस्ती गर्दै आएको उनीहरूको बुझाई छ । जसले गर्दा सरकारलाई थप दबाब दिन उनीहरूले अन्तर्राष्ट्रिय सहयोग माग्ने भएका छन् । सार्क स्तरीय विद्यालय कर्मचारीहरूको संगठनमा उनीहरूले सहयोग माग गर्न लागेका हुन् । परिषद्का महासचिव शान्तिनाथ योगीले सरकारले माग सुनुवाई गर्ने नदेखिएपछि अन्तर्राष्ट्रिय सहयोगको माग गर्न लागिएको बताए ।
परिषद्को तेस्रो राष्ट्रिय सम्मेलनमा यो विषयमा समेत छलफल भएको थियो । त्यसका लागि परिषद्का पदाधिकारीहरू चैतको पहिलो साता नयाँ दिल्ली जानेछन् । नयाँ दिल्लीमा भारत र श्रीलंकाका विद्यालय कर्मचारी संस्थाका अधिकारीहरूसँग छलफल हुने उनको भनाई छ । ‘चैतको पहिलो हप्ता दिल्ली जाने कार्यक्रम छ । दिल्ली गएर उनीहरूसँग छलफल गर्ने भन्ने छ । उनीहरूसँग हाम्रो अवस्था यस्तो छ, हाम्रो आन्दोलन सरकारले बेवास्था गरिहेको छ यसमा तपाईहरूको पनि साथ र सहयोग चाहियो भन्छौं ।’ महासचिव योगीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण