सरकारलाई सांसदको प्रश्न : कति व्यापारी, उद्योगपति र सर्वसाधारणले आत्महत्या गर्नुपर्ने हो ?
काठमाडौँ । सांसद धवल शमशेर राणाले नेपालको वित्तीय अवस्था कहालीलाग्दो अवस्थामा रहेको भन्दै यसको सुधार गर्न नसके नेपालमा धेरै व्यापारी, उद्यमी र सर्वसाधारणले आत्महत्याको बाटो रोज्न सक्ने बताएका छन् । बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राणाले वित्तीय स्थितिबारे सबैले कराउँदै आए पनि सुधार हुन नसकेको बताए ।
‘हामी सबैले कराई भनिरहेका छौँ तर पनि वित्तीय सुधार आएको छैन’, उनले सरकारलाई प्रश्न गर्दै भने, ‘बैङ्कहरूले कालोसूची सार्वजनिक गर्न छोडे, तर बैङ्कको ब्याज १८ प्रतिशत भइसक्यो । अब नेपालमा कति जना व्यापारी, कति जना उद्योगपति र सर्वसाधारणले आत्मदाह र आत्महत्या गर्नुपर्ने हो वित्तीय सुधार हुनुभन्दा पहिले ? ’ उनले यो प्रश्नको जवाफ नेपाल सरकारले तुरुन्त दिनुपर्ने पनि बताए । ‘यसको जवाफ नेपाल सरकारले दिनुपर्यो र झट्टै गर्नुपर्यो’, उनले भने, ‘यो कहालीलाग्दो स्थितिलाई हामीले काबुमा ल्याउनुपर्ने स्थिति छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आशिका तामाङको नाममा काटिएको १ करोड ३५ लाखको चेक बाउन्सले खैलाबैला
-
पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
मदन पुरस्कारका लागि १० कृतिको सूची सार्वजनिक
-
विश्वकप फुटबलकाे फाइनल खेल चलिरहेका बेला किन गयो बत्ती ?
-
बागमती एमाले दलको बैठक काठमाडौँमा, समर्थन फिर्ताबारे निर्णय गर्ने
-
पुँजी बजार, धितोपत्र तथा बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्रीले छलफल गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण