सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारलाई सांसदको प्रश्न : कति व्यापारी, उद्योगपति र सर्वसाधारणले आत्महत्या गर्नुपर्ने हो ?

बुधबार, १० फागुन २०७९, १४ : ४७
बुधबार, १० फागुन २०७९

काठमाडौँ । सांसद धवल शमशेर राणाले नेपालको वित्तीय अवस्था कहालीलाग्दो अवस्थामा रहेको भन्दै यसको सुधार गर्न नसके नेपालमा धेरै व्यापारी, उद्यमी र सर्वसाधारणले आत्महत्याको बाटो रोज्न सक्ने बताएका छन् । बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राणाले वित्तीय स्थितिबारे सबैले कराउँदै आए पनि सुधार हुन नसकेको बताए । 

‘हामी सबैले कराई भनिरहेका छौँ तर पनि वित्तीय सुधार आएको छैन’, उनले सरकारलाई प्रश्न गर्दै भने, ‘बैङ्कहरूले कालोसूची सार्वजनिक गर्न छोडे, तर बैङ्कको ब्याज १८ प्रतिशत भइसक्यो । अब नेपालमा कति जना व्यापारी, कति जना उद्योगपति र सर्वसाधारणले आत्मदाह र आत्महत्या गर्नुपर्ने हो वित्तीय सुधार हुनुभन्दा पहिले ? ’ उनले यो प्रश्नको जवाफ नेपाल सरकारले तुरुन्त दिनुपर्ने पनि बताए । ‘यसको जवाफ नेपाल सरकारले दिनुपर्‍यो र झट्टै गर्नुपर्‍यो’, उनले भने, ‘यो कहालीलाग्दो स्थितिलाई हामीले काबुमा ल्याउनुपर्ने स्थिति छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप