माधव नेपालसँग चिनियाँ राजदूतको भेट
काठमाडौं । नेपालका लागि चीनका नवनियुक्त राजदूत चेन सोङले पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । अध्यक्ष नेपाललाई भेट्न राजदूत सोङ बुधबार दिउँसो नेपाल निवास कोटेश्वर पुगेका हुन् ।
भेटमा अध्यक्ष नेपालले नवनियुक्त राजदूत सोङलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएका छन् । त्यस्तै राजदूत सोङले राजदूतका रूपमा नेपाल आउन पाउँदा खुसी लागेको बताउँदै आफ्नो कार्यकालमा सबैबाट सहयोगको अपेक्षा गरेको बताएका छन् ।
उनीहरुबीच नेपाल–चीन सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको नेता नेपालको सचिवालयले जनाएको छ । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा चिनियाँ राजदूतको सक्रियता बढ्न पुगेको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ ।
बुधबारमात्रै राजदूत सोङले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटवार्ता गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण