नेपाल विद्यालय कर्मचारी परिषद्ले वैशाखबाट सशक्त आन्दोलन गर्ने
काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आगामी वैशाखबाट सशक्त रूपमा आन्दोलन गर्ने भएको छ । सेवा सुरक्षा ग्यारेन्टी लगायत विभिन्न माग अघि सारेर गत भदौ १ गतेदेखि आन्दोलनमा रहेको परिषद्ले आगामी वैशाखबाट फरक ढंगबाट निर्णायक आन्दोलन गर्ने भएको हो ।
काठमाडौंमा सम्पन्न २ दिने तेस्रो राष्ट्रिय सम्मेलनबाट यस्तो निर्णय गरेको हो । परिषद्का महासचिव शान्तिनाथ योगीले सरकार आफ्ना मागप्रति बेवास्था गर्दै आएको भन्दै आगामी वैशाख पहिलो साताबाट निर्णायक आन्दोलन गर्ने बताए । ‘न वार्ता टुङ्ग्याएको, न त वार्ताको उपलब्धी भएको अवस्था छ । अब के गर्ने भनेर वर्तमान राजनीतिक परिस्थिति हेरेर वैशाखको पहिलो साताबाट सशक्त रूपमा निर्णायक आन्दोलन गर्छौ’ महासचिव योगीले भने ।
परिषद्ले यसअघि आन्दोलन थालेपछि सरकारले वार्ताका लागि बोलाएको थियो । तर, अहिलेसम्म पनि वार्ता निष्कर्षमा पुग्न सकेको छैन । उनीहरूका मागका विषयमा अर्थ मन्त्रालयमा प्रस्ताव पुगेको छ । तर, त्यो सुनुवाई हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण