जनकपुरमा फागुन १६ देखि अन्तर कलेज क्रिकेट प्रतियोगिता हुने
बुधबार, १० फागुन २०७९, १९ : १७

जनकपुरधाम । जनकपुरधाममा अन्तर कलेज स्तरीय क्रिकेट प्रतियोगिता हुन भएको छ । जनकपुर एकेडमीको आयोजनामा यही फागुन १६ गतेदेखि बाह्रविघामा प्रतियोगिता हुन लागेको हो ।
खेल–खेलाडीको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको संयोजक प्रशान्त कर्णले जानकारी दिए ।
प्रतियोगितामा करिब १६ वटा कलेज सहभागी हुने हरिज स्पोर्टस जोनका सञ्चालक हरिशंकर साहले बताए । प्रतियोगितामा प्रतिभावान् खेलाडी छनौट गरी नियमित क्रिकेट अभ्यास गराउने आयोजक संस्थाले बताएको छ ।
यसअघि विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरुलाई छनौट गरी तीन वटा टिम बनाएको छ । उनीहरू अहिले नियमित क्रिकेट अभ्यास गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु
-
दलहरूले जनताको जीवनस्तर उकास्नेतर्फ लाग्नुपर्छ : अध्यक्ष बिजुक्छे
-
वाईसीएलको काठमाडौँ महानगर अध्यक्षमा डा. शुभेच्छा श्रेष्ठ निर्वाचित
-
नेपालको संविधानले सबै जातिको अधिकार सुनिश्चित गरेको छ : मन्त्री गुरुङ
-
सुदूरपश्चिममा रेडियो पत्रकारका लागि दुई दिने प्रशिक्षण
-
काशीनाथ–हरिप्रिया कट्टेल वाङ्मय पुरस्कार प्रदान