केपी ओली कप : सबै टिमहरुको प्राथमिकता ए डिभिजन लिगको तयारी
काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगका सात टोलीसहित आयोजकको टोली समावेश भएको केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप बिहीबारबाट सुरु हुँदैछ । च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
सबै सहभागी टोलीहरुले प्रतियोगिताको प्रि–म्याच कन्फ्रेन्समा यो कपलाई ‘ए’ डिभिजन क्लबले लिगको तयारीको रुपमा लिएका छन् । त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासले यो कप आपूmहरुका लागि महत्वपूर्ण भएको र यसलाई ए डिभिजन लिगको तयारीको रुपमा पनि हेरेको बताए ।
‘हाम्रो लागि यो कप धेरै महत्वपूर्ण हो । हामीले यो कपलाई ए डिभिजन लिगको तयारीको रुपमा लिएका छौं । उपाधि जितेमा लिगमा पनि हामीलाई हौसला मिल्छ,’ खवासले भने । ‘ए’ डिभिजन लिग फागुन १९ बाट सुरु हुँदैछ । त्यस्तै नेपाल पुलिस क्लबका कप्तान राम वाजीले यस प्रतियोगितालाई लिगको तयारीको रुपमा लिएको बताए ।
‘तयारी राम्रो भएको छ । यो प्रतियोगिता लिगको तयारीको रुपमा हो । लिगलाई मध्यनजर गरेर तयारी गरेका छौँ,’ कप्तान रामले प्रि–म्याच कन्फरेन्समा भने । न्युरोड टिम एनआरटीका कप्तान विक्रम धिमालले प्रतियोगिता लिगको तयारीको रुपमा रहेको र आफ्नो टिम सन्तुलित रहेको बताए ।
‘हाम्रो टिममा विदेशी खेलाडी आइसकेका छन् । हाम्रो लिगको तयारी समेत हो हाम्रो टिम एकदमै राम्रो छ,’ उनले भने । केपी ओली एफसीका कप्तान बिक्रम लामाले प्रतियोगिता जित्नका लागि खेली उल्लेख गर्दै आफुहरुको लक्ष्य त्यहि भएको बताए ।
‘हामीले २३ दिनबाट तयारी गरिरहेका छौं । युवा र अनुभवी खेलाडी टिममा छ,’ आयोजक टोलीका कप्तान लामाले भने । प्रतियोगिताको फाइनल बाहेक सम्पूर्ण खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । फाइनल खेल भने दशरथ रंगशालामा आयोजना हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण