आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

केपी ओली कप : सबै टिमहरुको प्राथमिकता ए डिभिजन लिगको तयारी

बुधबार, १० फागुन २०७९, २२ : ४८
बुधबार, १० फागुन २०७९

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगका सात टोलीसहित आयोजकको टोली समावेश भएको केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप बिहीबारबाट सुरु हुँदैछ । च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल दिउँसो ३ बजे सुरु हुनेछ । 

सबै सहभागी टोलीहरुले प्रतियोगिताको प्रि–म्याच कन्फ्रेन्समा यो कपलाई ‘ए’ डिभिजन क्लबले लिगको तयारीको रुपमा लिएका छन् ।  त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासले यो कप आपूmहरुका लागि महत्वपूर्ण भएको र यसलाई ए डिभिजन लिगको तयारीको रुपमा पनि हेरेको बताए । 

‘हाम्रो लागि यो कप धेरै महत्वपूर्ण हो । हामीले यो कपलाई ए डिभिजन लिगको तयारीको रुपमा लिएका छौं । उपाधि जितेमा लिगमा पनि हामीलाई हौसला मिल्छ,’ खवासले भने ।  ‘ए’ डिभिजन लिग फागुन १९ बाट सुरु हुँदैछ । त्यस्तै नेपाल पुलिस क्लबका कप्तान राम वाजीले यस प्रतियोगितालाई लिगको तयारीको रुपमा लिएको बताए ।

‘तयारी राम्रो भएको छ । यो प्रतियोगिता लिगको तयारीको रुपमा हो । लिगलाई मध्यनजर गरेर तयारी गरेका छौँ,’ कप्तान रामले प्रि–म्याच कन्फरेन्समा भने । न्युरोड टिम एनआरटीका कप्तान विक्रम धिमालले प्रतियोगिता लिगको तयारीको रुपमा रहेको र आफ्नो टिम सन्तुलित रहेको बताए ।

‘हाम्रो टिममा विदेशी खेलाडी आइसकेका छन् । हाम्रो लिगको तयारी समेत हो हाम्रो टिम एकदमै राम्रो छ,’ उनले भने ।  केपी ओली एफसीका कप्तान बिक्रम लामाले प्रतियोगिता जित्नका लागि खेली उल्लेख गर्दै आफुहरुको लक्ष्य त्यहि भएको बताए ।

‘हामीले २३ दिनबाट तयारी गरिरहेका छौं । युवा र अनुभवी खेलाडी टिममा छ,’ आयोजक टोलीका कप्तान लामाले भने ।  प्रतियोगिताको फाइनल बाहेक सम्पूर्ण खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । फाइनल खेल भने दशरथ रंगशालामा आयोजना हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप