च्याम्पियन्स लिग फुटबल : सिटी बराबरीमा रोकियो
बिहीबार, ११ फागुन २०७९, ०७ : १५
म्यान्चेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा सिटी जर्मन क्बल आरबी लाइपजिगसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
खेलमा सिटीले लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरी खेल्नु परेको हो । खलको २७ औं मिनेटमा सिटीका लागि रियाद महरेजले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १–० गोलको अग्रता लिएको सिटीले दोस्रो हाफमा आफ्नो अग्रता कायम गर्न सकेन ।
खेलको ७० औं मिनेटमा घरेलु टोली लाइपजिगका लागि जोस्को गाभार्डीलोले गोल गर्दै टिमलाई हारबाट जोगाए ।
लाइपजिग र सिटीबीचको दोस्रो लेग मार्च १५ मा सिटीको मैदानमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण