च्याम्पियन्स लिग फुटबल : सिटी बराबरीमा रोकियो
बिहीबार, ११ फागुन २०७९, ०७ : १५

म्यान्चेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा सिटी जर्मन क्बल आरबी लाइपजिगसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
खेलमा सिटीले लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरी खेल्नु परेको हो । खलको २७ औं मिनेटमा सिटीका लागि रियाद महरेजले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १–० गोलको अग्रता लिएको सिटीले दोस्रो हाफमा आफ्नो अग्रता कायम गर्न सकेन ।
खेलको ७० औं मिनेटमा घरेलु टोली लाइपजिगका लागि जोस्को गाभार्डीलोले गोल गर्दै टिमलाई हारबाट जोगाए ।
लाइपजिग र सिटीबीचको दोस्रो लेग मार्च १५ मा सिटीको मैदानमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद राईको प्रश्न : झ्याप झ्याप्ती बत्ती जानु सरकारको आयुको सङ्केत हो ?
-
रेमिट्यान्स कर लगाउन खोज्दैछन् ट्रम्प
-
सगरमाथा संवाद २०२५ सम्पन्न : २५ बुँदे घोषणापत्र जारी
-
जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र नै हो: प्रचण्ड
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने इजलासमा
-
अझै सकिएन धरहराको पूर्ण निर्माण, अवशेषलाई झनै बेवास्ता !