स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गतको अन्तिम खेलमा स्विट्जरल्याण्ड र कोलम्बियाबीचको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको छ।
क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा दुवै टोलीले गोल गर्ने केही प्रयास गरे पनि सफल हुन नसक्दा खेल अब अतिरिक्त समयमा धकेलिएको हो ।
दोस्रो हाफमा दुवै टोलीले रणनीतिक परिवर्तन गर्दै केही नयाँ खेलाडीलाई मैदानमा उतारेका थिए। स्विट्जरल्याण्डले आफ्ना मुख्य स्ट्राइकर ब्रिल एम्बोलोलाई निकालेर सेड्रिक इटेनलाई मैदान प्रवेश गराएको थियो भने कोलम्बियाले पनि कुचो हर्नान्डेज र रिचर्ड रियोसलाई मौका दिएको थियो।
यद्यपि, दुवै पक्षबाट गोलको खडेरी तोड्ने ठोस प्रयास हुन सकेन। खेलको अन्तिम समयतिर स्विट्जरल्याण्डका ड्यान एनडोयले गोलको सुन्दर अवसर सिर्जना गरे पनि सेड्रिक इटेनले त्यसलाई सदुपयोग गर्न सकेनन्।
कोलम्बियाका जामिल्टन चाम्पाज र स्विट्जरल्याण्डका सेड्रिक इटेन दुवैले विपक्षीको पेनाल्टी क्षेत्रमा लडेर पेनाल्टीको अपिल गरेका थिए, तर रेफ्रीले त्यसलाई ठाडै अस्वीकार गरिदिए।
खेलभरि दुवै टोली निकै सचेत देखिएका थिए भने कुनै पनि टोलीले ठूलो जोखिम लिन चाहेको देखिएन। स्विट्जरल्याण्डको पक्षमा ३२औं मिनेटपछि एउटा पनि अन–टार्गेट सट प्रहार हुन सकेन, जसले खेल कति रक्षात्मक थियो भन्ने प्रस्ट पार्छ।
मैदानमा उपस्थित हजारौँ कोलम्बियाली समर्थकहरूले आफ्नो टोलीलाई लगातार हौसला प्रदान गरिरहेका छन् । तर स्विट्जरल्याण्डको बलियो रक्षापंक्तिलाई चिर्न कोलम्बिया संघर्षरत देखिन्छ। यस खेलको विजेताले आइतबार हुने क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिनाको सामना गर्नेछ। यदि अतिरिक्त ३० मिनेटमा पनि गोल हुन नसके खेलको निर्णय पेनाल्टी सुटआउटबाट हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण