केन्द्रीय बैंकले लाभांश वितरणमा कडाइ गरेपछि लघुवित्तको सेयरमा पहिरो
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सबै लघुवित्तको सेयर मूल्यमा भारी गिरावट आएको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशन जारी गर्दै लघुवित्तको लाभांश वितरणमा कडाइ गरेसँगै लघुवित्तको सेयर मूल्यमा भारी गिरावट आएको हो ।
केन्द्रीय बैंकले हिजो बुधवार लघुवित्तका लागि निर्देशन जारी गर्दै १५ प्रतिशतभन्दा बढी लाभांश वितरणमा कडाइ गरेको थियो । लघुताहरूले १५ प्रतिशतभन्दा धेरै सेयर प्रस्ताव गरी बढी प्रस्तावित लाभांशको ५० प्रतिशत जगेडा कोषमा जम्मा गर्नु पर्छ । यसअघि २० प्रतिशतभन्दा धेरै लाभांश प्रस्ताव गरेमा बढी प्रस्तावित लाभांशको ५० प्रतिशत जगेडा कोषमा जम्मा गर्नुपर्थ्यो ।
यो व्यवस्थासँगै आज कारोबार खुल्नसाथ लघुवित्त कम्पनीहरूको सेयर मूल्यमा भारी गिरावट आएको छ । हाल सबैभन्दा धेरै सेयर मूल्य गुमाउने कम्पनीहरूको सूचीमा लघुवित्त मात्र छन् । समाचार तयार पार्दासम्मको अवधिमा नेप्सेमा ४१ अंकको गिरावट आइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण