केन्द्रीय बैंकले लाभांश वितरणमा कडाइ गरेपछि लघुवित्तको सेयरमा पहिरो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सबै लघुवित्तको सेयर मूल्यमा भारी गिरावट आएको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशन जारी गर्दै लघुवित्तको लाभांश वितरणमा कडाइ गरेसँगै लघुवित्तको सेयर मूल्यमा भारी गिरावट आएको हो ।
केन्द्रीय बैंकले हिजो बुधवार लघुवित्तका लागि निर्देशन जारी गर्दै १५ प्रतिशतभन्दा बढी लाभांश वितरणमा कडाइ गरेको थियो । लघुताहरूले १५ प्रतिशतभन्दा धेरै सेयर प्रस्ताव गरी बढी प्रस्तावित लाभांशको ५० प्रतिशत जगेडा कोषमा जम्मा गर्नु पर्छ । यसअघि २० प्रतिशतभन्दा धेरै लाभांश प्रस्ताव गरेमा बढी प्रस्तावित लाभांशको ५० प्रतिशत जगेडा कोषमा जम्मा गर्नुपर्थ्यो ।
यो व्यवस्थासँगै आज कारोबार खुल्नसाथ लघुवित्त कम्पनीहरूको सेयर मूल्यमा भारी गिरावट आएको छ । हाल सबैभन्दा धेरै सेयर मूल्य गुमाउने कम्पनीहरूको सूचीमा लघुवित्त मात्र छन् । समाचार तयार पार्दासम्मको अवधिमा नेप्सेमा ४१ अंकको गिरावट आइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेट : वर्षा बाधक बन्दा हैदराबादको प्लेअफ सम्भावना समाप्त
-
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि धमाधम रुख कटान
-
रु एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
चक्रपथ दोस्रो खण्ड विस्तारमा अझै समय लाग्ने, सर्भे गर्दै चिनियाँ टोली
-
गर्मीमा कहिले र कसरी लगाउने सनस्क्रिन क्रिम ?