शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ट्रक दुर्घटनामा एक जनाको मृत्यु

बिहीबार, ११ फागुन २०७९, १२ : २६
बिहीबार, ११ फागुन २०७९

जुम्ला । कालिकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । तिलागुफा नगरपालिका-५ को धनडामा बुधबार राति मुगुदेखि सुर्खेततिर जाँदै गरेको कर्णाली प्रदेश ०२ - ०००१ ख ०३५६ नम्बरको ट्रक दुर्घटना भएको हो ।

ट्रक दुर्घटना हुँदा दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ घर भएका ट्रक चालक छविप्रसाद चौलागाईंको मृत्यु भएको हो । सहचालक दिनेश शाही गम्भीर घाइते भएका छन् । दुर्घटनामा घाइते भएका चालक चौलागाईंको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक धर्मराज जाेशीले जानकारी दिए । उनका अनुसार सहचालक दिनेश शाहीको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । ट्रक कर्णाली राजमार्गदेखि करिब ५ सय मिटर तल खसेको थियो । ट्रकमा ग्यास सिलिन्डरको सामान मात्रै रहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप