राजनीति
माओवादी, जसपा र समाजवादीको बैठक बस्दै
बिहीबार, ११ फागुन २०७९, १४ : २२

काठमाडौँ । राष्ट्रपतिको निर्वाचन र भावी सत्ता समीकरणबारे नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको बैठक बस्दैछ । दिउँसो ३ बजे बालुवाटरमा तीन पार्टीको बैठक बस्न लागेको एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले रातोपाटीलाई जानकारी दिए ।
माओवादी र एकीकृत समाजवादीबीच मध्यान्हको छलफलपछि तीन पार्टीबीच छलफल हुन लागेको हो । उनका अनुसार त्यसपछि साँझ ५ बजे कांग्रेससहित माओवादी, एकीकृत समाजवादी र जसपाबीच छलफल गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जगदुल्ला ठेक्का विवादमा उच्चले मगायो खरिद प्रक्रियाको सक्कल फाइल
-
दिल्लीको सडकमा लोकदोहोरी घन्काएर मःम बेच्दै मदन
-
महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदन आज सार्वजनिक हुँदै
-
६० वर्षमा पनि जवान देखिन चाहनुहुन्छ ? पिउनुस् यी चिज
-
कर्णालीका मन्त्रीहरूलाई एनजीओ र आईएनजीओको ‘भात’ किन यति प्यारो ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची