राजनीति
राष्ट्रपतिबारे छलफल गर्न सिंहदरबारमा तीन दलको बैठक जारी
बिहीबार, ११ फागुन २०७९, १८ : ०७
काठमाडौँ । सिंहदरबारमा राष्ट्रपतिका विषयमा छलफल गर्न तीन दलको बैठक सुरु भएको छ । राष्ट्रपतिका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीच बैठक सुरु भएकाे हाे ।
जारी बैठकमा माओवादीबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र शक्ति बस्नेत रहेका छन् । यस्तै एकीकृत समाजवादीबाट अध्यक्ष माधव कुमार नेपाल, नेताहरू बेदुराम भुसाल, घनश्याम भुसाल र प्रमेश हमाल छन् भने जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ सहभागी छन् ।
यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि दलहरूले छलफललाई तीव्रता दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण