बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

राष्ट्रपतिबारे छलफल गर्न सिंहदरबारमा तीन दलको बैठक जारी

बिहीबार, ११ फागुन २०७९, १८ : ०७
बिहीबार, ११ फागुन २०७९

काठमाडौँ । सिंहदरबारमा राष्ट्रपतिका विषयमा छलफल गर्न तीन दलको बैठक सुरु भएको छ । राष्ट्रपतिका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीच बैठक सुरु भएकाे हाे । 

जारी बैठकमा माओवादीबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र शक्ति बस्नेत रहेका छन् । यस्तै एकीकृत समाजवादीबाट अध्यक्ष माधव कुमार नेपाल,  नेताहरू बेदुराम भुसाल, घनश्याम भुसाल र प्रमेश हमाल छन् भने जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ सहभागी छन् । 

यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि दलहरूले छलफललाई तीव्रता दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप