सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुनचाँदी कारोबार सम्बन्धी एकीकृत निर्देशिका छिट्टै आउँछ : मन्त्री भण्डारी

बिहीबार, ११ फागुन २०७९, २० : ३६
बिहीबार, ११ फागुन २०७९

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुनचाँदी कारोबार सम्बन्धी एकीकृत निर्देशिका छिट्टै जारी हुने बताएका छन् । देशभरका सुनचाँदी पेसा व्यवसाय सँग सम्बन्धित दुईवटै महासंघको आग्रह अनुरूप आवश्यक अध्ययन गरी नीति जारी गर्ने प्रतिबद्धता जनाएका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका प्रतिनिधिमण्डलले बिहीबार उनकै कार्यकक्षमा भेटगरी व्यवसायीले भोग्नुपरेका समस्या अवगत गराएका थिए ।  त्यस क्रममा उनीहरूले व्यवसायीहरूको मागलाई राज्यले सम्बोधन नगरे व्यवसाय नै बन्द गरेर सडकमा उत्रनुपर्ने बाध्यता आउन सक्ने समेत बताएका थिए ।

लामो समयदेखि आग्रह गर्दा पनि सरकारी निकायबाट यसको सुनुवाइ नभएको भन्दै उनीहरूले यसप्रति असन्तुष्टि समेत जनाए । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदीको कारोबार सम्बन्धी प्रष्ट नीति निर्देशिका नहुँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको बताए ।

निर्देशिकाकै अभावमा पर्याप्त कच्चा पदार्थको अभाव हुने, कारोबार सञ्चालनका क्रममा विभिन्न किसिमका व्यावसायिक झन्झट र व्यवधान उत्पन्न हुने जस्ता समस्या आएको बताए । त्यस क्रममा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष सुरेश मान श्रेष्ठ र नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले पनि आआफ्नो तर्फबाट व्यवसायीका समस्या जानकारी गराए । भेटका क्रममा दुईवटै महासंघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप