शिक्षा क्षेत्रलाई राजनीतिबाट अलग राख्नुपर्छ : अध्यक्ष तिमिल्सिना
पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिक्षा क्षेत्रलाई राजनीतिबाट अलग गर्नुपर्ने बताएका छन् । गृहजिल्ला पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको शिवालय बहुमुखी क्याम्पसको १२ औँ वार्षिकोत्सव समारोहमा उनले शैक्षिक क्षेत्र राजनीतिक खेलका कारण अस्तव्यस्त बन्दै गएको बताए । उनले शिक्षालयहरू सामूहिक भावनाअनुसार चलाउनुपर्नेमा जोड दिए ।
अध्यक्ष तिमिल्सिनाले भने, “नेपालमा शैक्षिक गुणस्तर वृद्धि हुन नसक्नुका आफ्नै कारण रहेका छन्, यहाँ त फरक–फरक पार्टीका फरक–फरक विद्यालय र क्याम्पस छन्, स्वतन्त्ररूपमा सञ्चालन भएका शिक्षालयहरूमा पनि राजनीतिक पार्टीको ट्याग लगाउने प्रचलन हाबी छ । जसले गर्दा एउटा राजनीतिक दलसँग आस्था राख्ने अभिभावकले अर्को क्याम्पसमा विद्यार्थी नपठाउने गरेको देखिन्छ यो ठूलो विकृति बनेको छ ।”
उनले युवाशक्ति पलायन दर बढी भएकाले नेपालमा खोलिएका शैक्षिक संस्थाको सङ्ख्या बढी भएको बताए । आवश्यकताका आधारमा भन्दा पनि प्रतिस्पर्धाका आधारमा खोलिने शैक्षिक संस्थाले समस्या बढ्दै गएको बताए । उनले फरक–फरक विषयका फरक–फरक क्याम्पस सञ्चालन गर्नुपर्ने बताए । उनले पर्वत जिल्लामा रहेका १४ वटा क्याम्पस सञ्चालन गर्न समस्या परिराखेको बताउँदै यिनीहरूलाई मर्ज गरेर अघि बढ्दा उपयुक्त हुने सुझाव दिए ।
कार्यक्रममा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशी र प्रदेशसभा सदस्य भक्त कुँवरले सामुदायिक क्याम्पसलाई राज्यले भवन निर्माणमा भन्दा दरबन्दीको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण