उपत्यकामा प्रतिघण्टा ५० किमि गतिमा सवारी साधन चलाउन पाइने
काठमाडौँ । अबदेखि काठमाडौँ उपत्यकामा प्रतिघण्टा ५० किलोमिटरको गतिमा मात्रै सवारी साधन चलाउन पाइने भएको छ ।उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना प्रकाशित गरी सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रणसम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्थालाई मध्यनजर गरी सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि उक्त नियम लागू गरिएको हो ।
सवारी तथा यातायात व्यवस्था ऐन र सडकको भौतिक अवस्थासमेतलाई ध्यान दिएर गाडी तथा मोटरसाइकलको अधिकतम गति प्रतिघन्टा ५० किलोमिटर तोकिएको उक्त सूचनामा उल्लेख छ । उपत्यकाभित्र चक्रपथ (रिङ रोड) सँगै सर्भिस ट्रायकका लागिसमेत गति सीमा तोकिएबमोजिम कलङ्की–कोटेश्वर सडकखण्डको ट्रयाकमा प्रतिघण्टा अधिकतम ५० किलोमिटर र सर्भिस ट्रयाकमा प्रतिघण्टा अधिकतम २० किलोमिटर गति तोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी कोटेश्वर–भक्तपुर सडकखण्डमा समेत प्रतिघन्टा ५० किलोमिटर गति तोकिएको छ । तोकिएको मापदण्डभन्दा बढी गतिमा सवारी साधन चलाउने चालकलाई उक्त ऐनमा उल्लेखभए बमोजिम कारबाही गरिने उक्त सूचनामा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा विदेशी कूटनीतिज्ञ धमाधम आउँदै, पर्यटन प्रबर्द्धनमा कस्तो प्रभाव ?
-
सुदूरपश्चिमका किसानलाई बर्खे धान खेतीको चटारो
-
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज समापन हुने
-
दुई करोड पचास लाखमा निर्मित ‘स्केटिङ पार्क’ सञ्चालनमा
-
सन्दीपको मुद्दामा आज पनि सुनुवाइ
-
आज यी पाँच प्रदेशमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना