आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
चार दल बैठक

जसपालाई उपराष्ट्रपति !

शुक्रबार, १२ फागुन २०७९, १३ : २३
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले उपराष्ट्रपति पाउने सहमति भएको छ । बालुवाटारमा बसेको चार दलको बैठकपछि पत्रकारसँग कुरा गर्दै जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिने सहमति भएको बताएका छन् । उनले भने, ‘उपराष्ट्रपति जसपालाई दिने सहमति भएको छ, सुरुदेखि नै नेताहरु यसमा सहमत हुँदै आएको छ । आज पाँच बजेसम्म सबै विषयमा टुंगो लाग्छ ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनेदेखि जसपाले उपराष्ट्रपतिका लागि बार्गेनिङ गर्दै आइरहेको थियो । उपराष्ट्रपतिमा सहमति नभएको कारण जसपा सरकारमा पनि सहभागी भएको थिएन । जसपाले उपराष्ट्रपति पाउने भएपछि दुईटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनेछ ।
उता, राष्ट्रपतिमा काँग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले दावी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप