चार दल बैठक
जसपालाई उपराष्ट्रपति !
शुक्रबार, १२ फागुन २०७९, १३ : २३
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले उपराष्ट्रपति पाउने सहमति भएको छ । बालुवाटारमा बसेको चार दलको बैठकपछि पत्रकारसँग कुरा गर्दै जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिने सहमति भएको बताएका छन् । उनले भने, ‘उपराष्ट्रपति जसपालाई दिने सहमति भएको छ, सुरुदेखि नै नेताहरु यसमा सहमत हुँदै आएको छ । आज पाँच बजेसम्म सबै विषयमा टुंगो लाग्छ ।’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनेदेखि जसपाले उपराष्ट्रपतिका लागि बार्गेनिङ गर्दै आइरहेको थियो । उपराष्ट्रपतिमा सहमति नभएको कारण जसपा सरकारमा पनि सहभागी भएको थिएन । जसपाले उपराष्ट्रपति पाउने भएपछि दुईटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनेछ ।
उता, राष्ट्रपतिमा काँग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले दावी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण