राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको महाधिवेशन सुरु
काठमाडौँँ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं केन्द्रीय महाधिवेशन धादिङको धादिङबेसीमा शुक्रबारबाट सुरु भएको छ । महाधिवेशनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले गरेका छन् ।
महाधिवेशन कार्यक्रममा मुख्यमन्त्री जमरकट्टेलले सांस्कृतिक पक्षको सम्वद्र्धनका लागि लोकसंगीतको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले मुलुकको विकासमा संगीतको योगदान अतुलनीय रहेको धारणा समेत राखेका थिए । महाधिवेशनपछि र्याली लगायत विभिन्न कार्यक्रम समेत राखिएको थियो ।
आमागामी तीन वर्षका लागि कार्यसमितिको नेतृत्व चयनको मुख्य उद्देश्य सहित सुरु भएको महाधिवेशनमा लोक तथा दोहोरी गीतसंगीत क्षेत्रको विभिन्न समस्याको विषयमा छलफल पनि हुनेछ । संस्थाका केही वरिष्ठ उपाध्यक्ष समेत थपिने योजना छ ।
महाधिवेशनमा संस्थाको आगामी कार्यकालका लागि अध्यक्षमा गायिका रिता थापा मगर र गायक पशुपति शर्मा अध्यक्षका आकांक्षी देखिएका छन् । ३० हजारबढी सदस्य भएपनि हजार बढी प्रतिनिधि सहभागी महाधिवेशन फागुन १४ गते समापन चल्नेछ । महाधिवेशन आफ्नो लक्ष्यमा सफल हुने वर्तमान कार्यसमितिकी वरिष्ठ उपाध्यक्ष राधिका हमाल पुनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण