मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

राष्ट्रपति पुस १० मै टुंगो लागेको छ : केपी ओली

शुक्रबार, १२ फागुन २०७९, १५ : ०५
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको राष्ट्रपति हुने कुरा पुस १० मै टुंगो लागेको बताएका छन् । शुक्रबार संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै एमालेको राष्ट्रपति हुने कुरा पुस १० मै टुंगो लगाएर बसेको बताए । 

‘एमालेको राष्ट्रपति हुन्छ भन्ने कुरा हामीले पुस १० गते टुंगो लगाएर बसेका छौ’, ओलीले भने, ‘भोलि राष्ट्रपतिको मनोनयन हुन्छ ।’

उनले पछिल्ला राजनीतिक घटनाक्रम र राजनीतिक समिकरण फेरबदलमा भइरहेको प्रयासबारे आफुलाई थाहा नभएको बताए ।  ‘अरु घट्नाक्रम मलाई थाहा छैन’, ओलीको प्रतिक्रिया छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप