बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

‘द भ्वाइस किड्स– सिजन २’ को भोटिङ पार्टनरमा खल्ती

शुक्रबार, १२ फागुन २०७९, १५ : ५५
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । खल्तीले ‘द भ्वाइस किड्स–सिजन २’ सँग एक्लो भोटिङ पार्टनरको रूपमा साझेदारी गरेको छ । कार्यक्रमको भोटिङ लाइनहरू खुलेपछि दर्शकहरूले सजिलैसँग खल्तीमार्फत आफ्नो मन पर्ने प्रतिभालाई भोट गर्न सक्नेछन् ।

कार्यक्रम फागुन २६ गतेबाट हिमालय टिभीबाट औपचारिक रूपमा प्रसारण हुनेछ । अघिल्ला वर्षहरूमा, यस कार्यक्रमले पहिले नै दर्शकहरूको ध्यानाकर्षण गरिसकेको र आगामी सिजनमा पनि त्यस्तै हुने अपेक्षा गरिएको छ ।

यस सिजनमा पनि गायक प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार कार्यक्रमका कोच÷निर्णायक रहनेछन्। यसैबीच, यो सिजनका लागि नयाँ कोच गायक सुशान्त केसी पनि रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप