बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

प्रचण्डसँगको भेटपछि ओलीले भेटे माधव नेपाललाई

शुक्रबार, १२ फागुन २०७९, १९ : ११
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् । 

शुक्रबार अपराह्न बालुवाटारमा प्रचण्डसँग दुई घण्टा बढी छलफल गरेका ओली बालुवाटारबाट महाराजगन्ज पुगेर अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन् । 

ओलीसँग करिब आधा घण्टा छलफल गरेर अध्यक्ष नेपाल बालुवाटारमा जारी बैठकमा सहभागी भएका हुन् । 

बालुवाटारमा अहिले नेपाली कांग्रेस, माओवादी, जसपा, समाजवादी, जनमतसहितका नेताहरू राष्ट्रपति र पावर सेयरिङबारे छलफल गरिरहेका छन् । यसअघि केही दिन पहिला पनि ओली र नेपालबीच महाराजगन्जमै चार घण्टा भेटवार्ता भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप