राजनीति
प्रचण्डसँगको भेटपछि ओलीले भेटे माधव नेपाललाई
शुक्रबार, १२ फागुन २०७९, १९ : ११
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् ।
शुक्रबार अपराह्न बालुवाटारमा प्रचण्डसँग दुई घण्टा बढी छलफल गरेका ओली बालुवाटारबाट महाराजगन्ज पुगेर अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन् ।
ओलीसँग करिब आधा घण्टा छलफल गरेर अध्यक्ष नेपाल बालुवाटारमा जारी बैठकमा सहभागी भएका हुन् ।
बालुवाटारमा अहिले नेपाली कांग्रेस, माओवादी, जसपा, समाजवादी, जनमतसहितका नेताहरू राष्ट्रपति र पावर सेयरिङबारे छलफल गरिरहेका छन् । यसअघि केही दिन पहिला पनि ओली र नेपालबीच महाराजगन्जमै चार घण्टा भेटवार्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण