शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाले सरकारमा रहने/नरहनेबारे परिस्थिति हेरेर निर्णय लिने

शुक्रबार, १२ फागुन २०७९, २१ : १३
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा रहने वा नरहने भन्नेबारे परिस्थिति हेरेर आवश्यक निर्णय लिने भएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकबाट नयाँ समीकरण बनेसँगै राप्रपा पनि पर्ख र हेरको नीतिमा रहेको हो । 

राष्ट्रपति निर्वाचनका लागि नयाँ समीकरण बनेको भनिएपनि सोहीअनुसार सरकारमा पनि सहकार्य हुने परिस्थिति बनेसँगै संसद्को दोस्रो दल एमालेले सरकारबाट बाहिरिने तयारी गरेको छ । एमालेकै जोडबलमा सत्तामा आएको संसद्को पाँचौ दल राप्रपा पनि नयाँ समीकरण बनिसकेपछि कसरी अघि बढ्ने भन्नेबारे पर्ख र हेरको अवस्थामा रहेको हो । उसो त सो पार्टीका मन्त्रीहरुको गतिविधिप्रति प्रधानमन्त्री असन्तुष्ट रहँदै आएका छन् । 

राप्रपाको शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा कसैको प्रस्तावक र समर्थक नबन्ने निर्णय गरेको थियो । 

सो बैठकलगत्तै नयाँ समीकरण बनेसँगै अब पार्टीमा छलफल गरेर कसरी अघि बढ्ने भन्नेबारे आवश्यक निर्णय लिइने निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले जानकारी दिए । ‘अहिले धेरै भन्न मिलेन । पार्टीको बैठकमा छलफल गरेर धारणा सार्वजनिक हुन्छ,’ उनले भने । 

उनका अनुसार फागुन १८ मा निर्देशन समिति र २२ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ । आवश्यकताअनुसार सो मिति अघिपनि बैठक बस्नसक्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप