राप्रपाले सरकारमा रहने/नरहनेबारे परिस्थिति हेरेर निर्णय लिने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा रहने वा नरहने भन्नेबारे परिस्थिति हेरेर आवश्यक निर्णय लिने भएको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकबाट नयाँ समीकरण बनेसँगै राप्रपा पनि पर्ख र हेरको नीतिमा रहेको हो ।
राष्ट्रपति निर्वाचनका लागि नयाँ समीकरण बनेको भनिएपनि सोहीअनुसार सरकारमा पनि सहकार्य हुने परिस्थिति बनेसँगै संसद्को दोस्रो दल एमालेले सरकारबाट बाहिरिने तयारी गरेको छ । एमालेकै जोडबलमा सत्तामा आएको संसद्को पाँचौ दल राप्रपा पनि नयाँ समीकरण बनिसकेपछि कसरी अघि बढ्ने भन्नेबारे पर्ख र हेरको अवस्थामा रहेको हो । उसो त सो पार्टीका मन्त्रीहरुको गतिविधिप्रति प्रधानमन्त्री असन्तुष्ट रहँदै आएका छन् ।
राप्रपाको शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा कसैको प्रस्तावक र समर्थक नबन्ने निर्णय गरेको थियो ।
सो बैठकलगत्तै नयाँ समीकरण बनेसँगै अब पार्टीमा छलफल गरेर कसरी अघि बढ्ने भन्नेबारे आवश्यक निर्णय लिइने निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले जानकारी दिए । ‘अहिले धेरै भन्न मिलेन । पार्टीको बैठकमा छलफल गरेर धारणा सार्वजनिक हुन्छ,’ उनले भने ।
उनका अनुसार फागुन १८ मा निर्देशन समिति र २२ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ । आवश्यकताअनुसार सो मिति अघिपनि बैठक बस्नसक्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको १०औँ बजेट आउँदै, यसअघिका ९ बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण