राष्ट्रपतिमा पौडेल र नेम्वाङको भिडन्त पक्का
काठमाडौँ । राष्ट्रपति निर्वाचनमा कांग्रेससहितको आठ दलीय गठबन्धन र एमालेबीच भिडन्त हुने भएको छ । नेकपा एमालेले पनि राष्ट्रपतिमा उम्मेदवार खडा गर्ने निर्णय गरेसँगै दुई पक्षीय भिडन्त हुने निश्चित भएको हो ।
आठ दलीय गठबन्धनको सहयोगमा कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बिहान बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले पौडेललाई सर्वसम्मत रुपमा राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
यस्तै एमालेको आजै बसेको सचिवालय बैठकले सुवास चन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेता सुरेन्द्र पाण्डेले बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए । यससँगै आजै दुबै जनाले नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेर उम्मेदवारी दर्ता गराउनेछन् । राष्ट्रपति निर्वाचन फागुन २५ मा हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण