मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

राष्ट्रपतिमा पौडेल र नेम्वाङको भिडन्त पक्का

शनिबार, १३ फागुन २०७९, ११ : २२
शनिबार, १३ फागुन २०७९

काठमाडौँ । राष्ट्रपति निर्वाचनमा कांग्रेससहितको आठ दलीय गठबन्धन र एमालेबीच भिडन्त हुने भएको छ । नेकपा एमालेले पनि राष्ट्रपतिमा उम्मेदवार खडा गर्ने निर्णय गरेसँगै दुई पक्षीय भिडन्त हुने निश्चित भएको हो । 

आठ दलीय गठबन्धनको सहयोगमा कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बिहान बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले पौडेललाई सर्वसम्मत रुपमा राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । 

यस्तै एमालेको आजै बसेको सचिवालय बैठकले सुवास चन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेता सुरेन्द्र पाण्डेले बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए ।  यससँगै आजै दुबै जनाले नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेर उम्मेदवारी दर्ता गराउनेछन् । राष्ट्रपति निर्वाचन फागुन २५ मा हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप