रामचन्द्र पौडेललाई सबैको सहयोग रहन्छ, विजय निश्चित छ: सिटौला
काठमाडौँ । कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको विजय सुनिश्चित रहेको बताएका छन् । पौडेललाई उम्मेदवार बनाउन पार्टीले सर्वसम्मत निर्णय गरेको बताउँदै सिटौलाले पार्टीभित्र र बाहिरबाट कांग्रेसको उम्मेदवारलाई ऐतिहासिक साथ रहने प्रतिक्रिया दिए ।
उनले राष्ट्रपति उम्मेदवारको रूपमा आफ्नो नाम आउनु स्वाभाविकै भएपनि अन्तिममा पार्टीले पौडेललाई बनाउने निर्णय गरेको बताए ।
‘सर्वसम्मत रूपमा उम्मेदवारमा सहमति जुटेको हो । मेरो पनि चर्चा थियो र चर्चा हुनु स्वाभाविक हो’, सिटौलाले केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग भने, ‘तर हामीले उहाँलाई सर्वसम्मत रूपमा उम्मेदवार चयन गर्ने निर्णय गर्यौँ ।’ अब पौडेललाई तपाईँको सहयोग रहन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले, ‘सबैको सहयोग रहन्छ । भित्र बाहिर जति छन् सबैको सहयोग रहन्छ । विजय निश्चित छ । निर्वाचन हो सबैलाई ल्याउने र ऐतिहासिक नतिजा ल्याउने हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण