राजनीति
रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
शनिबार, १३ फागुन २०७९, ११ : ४९

काठमाडौँ । नेपाली कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
यसअघि बैठकमा सभापति शेरबहादुर देउवाले पौडेलको नाम प्रस्ताव गरेका थिए । पौडेलको नाम बैठकबाट अनुमोदन भएसँगै आजै १ बजे पौडेलले उम्मेदवारी दर्ता गराउने तयारी भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोगले भन्यो - ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन ल्याउने कार्यलाई प्रश्रय नदेऊ’
-
कोशी प्रदेशले ल्यायो ३५ अर्ब ८७ लाखको बजेट, पूर्वाधारमा १० अर्ब
-
उच्च अदालत पाटनले माग्यो युनुश अन्सारीलाई थुनामा राख्नुको कारण
-
सर्वाधिक नगद पुरस्कार राशिको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि हुने
-
प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित
-
‘किन लाग्छ माया’ निर्माण हुने, धिरेनदेखि मिस पविसम्म पर्दामा