पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले भने – मन्त्रीहरूले तलब बिना काम गर्नु, २०० अर्ब बचत हुनेछ
आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले आफ्ना मन्त्री र सल्लाहकारलाई तलब र अन्य सुविधा नलिन अपिल गरेका छन् । यसबाट देशको खजानामा वार्षिक दुई सय अर्ब बचत हुने उनले बताए ।
योसँगै उनले नेताहरूलाई विलासी कारमा यात्रा नगर्न पनि आग्रह गरेका छन् । उनले सरकारको खर्च कम गर्ने उद्देश्यले मन्त्रीहरूलाई इकोनोमी क्लासमा हवाई यात्रा गर्न आग्रह गरेका छन् ।
पाकिस्तान सरकारले हाल अन्तर्राष्ट्रिय मुद्रा कोषबाट रोकिएको सहायताको किस्ता प्राप्त गर्ने प्रयास गरिरहेको छ ।
austerity measures that begin with the cabinet members voluntarily surrendering their pays, perks & privileges will save the exchequer an amount of Rs. 200 billion annually. I am grateful to all coalition partners for their support. Will personally supervise the implementation https://t.co/JlzjFZAUJ9
— Shehbaz Sharif (@CMShehbaz) February 23, 2023
आईएमएफसँगको वार्ता सकिएपछि उसले एक अर्ब डलरको प्याकेज पाउन सक्छ । यसैबीच सरकारले मुलुकलाई आर्थिक सङ्कटबाट जोगाउन खर्च घटाउने प्रयास गरिरहेको छ ।
एकातिर पाकिस्तानको विदेशी मुद्रा सञ्चित घटेको छ भने मुलुकको मुद्रास्फीति ३५ प्रतिशतभन्दा माथि पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण