बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

ओलीको प्रतिक्रिया–प्रचण्डजीले सम्झौताअनुसार भोट हाल्नुहुन्छ, चिया खान बोलाएकाहरु सबै भोटर हुँदैनन्

शनिबार, १३ फागुन २०७९, १२ : ३५
शनिबार, १३ फागुन २०७९

काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रले सम्झौताअनुसार एमालेको उम्मेदवारलाई भोट हाल्ने विश्वास व्यक्त गरेका छन् । पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले प्रचण्डले पुस १० को सम्झौताअनुसार एमालेको उम्मेदवारलाई भोट हाल्ने बताएका हुन् ।

‘पुस १० गते नै सहमति गरेका छौँ, अब अलिकति प्रचण्डजीले अप्ठ्यारो पर्यो भनिरहनुभएको छ । तर उहाँले सम्झौताअनुसार भोट हाल्नुहुन्छ भन्नेमा हामीलाई लगभग एकिङै छ ।’ आठ दलीय गठबन्धनले त मतभार पुगिसक्यो भन्नुभएको छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले ‘दल गनेको कि भोट गनेको ? भन्दै कटाक्ष गरे । उनले शुक्रबार बालुवाटारमा चिया खान पुगेका जति सबैलाई आठ दलमा गन्ती गर्ने काम भएको भन्दै बालुवाटार गएकाहरु सबै गठबन्धनका भोटर नभएको जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप