राजनीति
ओलीको प्रतिक्रिया–प्रचण्डजीले सम्झौताअनुसार भोट हाल्नुहुन्छ, चिया खान बोलाएकाहरु सबै भोटर हुँदैनन्
शनिबार, १३ फागुन २०७९, १२ : ३५
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रले सम्झौताअनुसार एमालेको उम्मेदवारलाई भोट हाल्ने विश्वास व्यक्त गरेका छन् । पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले प्रचण्डले पुस १० को सम्झौताअनुसार एमालेको उम्मेदवारलाई भोट हाल्ने बताएका हुन् ।
‘पुस १० गते नै सहमति गरेका छौँ, अब अलिकति प्रचण्डजीले अप्ठ्यारो पर्यो भनिरहनुभएको छ । तर उहाँले सम्झौताअनुसार भोट हाल्नुहुन्छ भन्नेमा हामीलाई लगभग एकिङै छ ।’ आठ दलीय गठबन्धनले त मतभार पुगिसक्यो भन्नुभएको छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले ‘दल गनेको कि भोट गनेको ? भन्दै कटाक्ष गरे । उनले शुक्रबार बालुवाटारमा चिया खान पुगेका जति सबैलाई आठ दलमा गन्ती गर्ने काम भएको भन्दै बालुवाटार गएकाहरु सबै गठबन्धनका भोटर नभएको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण