बालेन शाहले भने– मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्
शनिबार, १३ फागुन २०७९, १६ : ५२
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह सामाजिक सञ्जालमा दिने अभिव्यक्तिका कारण बेलाबेलामा चर्चा र विवादमा आउने गर्दछन् । उनले सामाजिक सञ्जालमा दिने अभिव्यक्ति राजनीतिक दलप्रति लक्षित हुने गरेको छ । यस्तैमा उनले विकास विरोधीहरुले आफ्नो खुट्टा तान्ने खोजेको समेत गुनासो गर्दै आएका छन् ।
यस्तैमा मेयर शाहले आज फेरि सामाजिक सञ्जालमार्फत आफूलाई राजीनामा दिन लगाउन खोजिएको बताएका छन् । उनले लेखका छन्, ‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन् । यो देश कहिल्यै पनि बन्दैन।’ उनले किन यसरी सामाजिक सञ्जालमा राजीनामाको कुरा उल्लेख गरे भन्नेचाहिँ केही खुलाएका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको अभिव्यक्ति छिमेकी मुलुकलाई खुसी पार्ने खालको छ : विश्वकर्मा
-
साझा बसको रङ फेरेर साउन १ देखि चल्दैछन् ‘ब्लु बस’, कुन रुटमा कतिवटा ?
-
जापानमा रनिङ कप फुटबल सम्पन्न, ओइजुमी एफसीले जित्यो उपाधि
-
प्रधानमन्त्री सडकको होइन, देशको हुनुपर्छ : एमाले
-
महिलाको चरित्र हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ
-
तीन वटा स्मार्ट लाइसेन्स बनाएको आरोपमा एक पुरुष पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण