नेपाल क्रिकेट सङ्घको साधारण सभा सुर्खेतमा
शनिबार, १३ फागुन २०७९, १९ : ३९
सुर्खेत । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आफ्नो वार्षिक साधारण सभा सुर्खेतमा गर्ने भएको छ । आइतबार कर्णालीको राजधानी वीरेन्द्रनगरमा सभाको आयोजना गरिएको छ ।
साधारण सभाबारे शनिवार क्यानले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । क्यानका अध्यक्ष चतुर बहादुर चन्दले क्रिकेटको विकास र सचेतनका लागि कर्णालीमा साधारण सभा गर्न लागिएको जानकारी दिए । सुर्खेतमा हुने क्यानको यो पहिलो साधारण सभा हो ।
साधारण सभाले क्यानको वार्षिक कार्य योजना निर्माण, वार्षिक नीतिगत समीक्षा र विभिन्न प्रतिवेदनबारे छलफल गर्नेछ ।
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गर्ने सभामा देशभरबाट क्यानमा आबद्ध ८० भन्दा बढी प्रतिनिधहरुको सहभागिता रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण