शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

घरको जग खन्ने क्रममा पुरिएर एक जना मजदुर घाइते, अवस्था गम्भीर

आइतबार, १४ फागुन २०७९, १२ : ५५
आइतबार, १४ फागुन २०७९

भक्तपुर ।  काठमाडौँ महानगरपालिका-३२ नरेफाँट बस्ने वर्ष ६१ को तुलसीप्रसाद गौतमको बन्दै गरेको घरको जग खन्दै गर्दा एक जना मजदुर घाइते भएका छन् ।

सुनसरी बराहक्षेत्र-४ घर भई हाल सोही साइटमा काम गरी बस्ने मञ्जय विश्वकर्मालाई एक्कासि छिमेकी रामप्रसाद ओलीको घरको उत्तरतर्फको १५ फिट लम्बाई र १५ फिट उचाइ भएको ढुङ्गा र इट्टाको पर्खाल लड्दा पुरेको थियो।

घाइतेको उपचारको लागि नागरिक अस्पताल लगेको र उनको अवस्था बोल्न नसक्ने गम्भीर रहेको भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी प्रजित केसीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप