टर्की भूकम्प: कमजोर भवन निर्माण गरेको आरोपमा ६०० भन्दा बढीमाथि अनुसन्धान

अनकारा । गत फेब्रुअरी ६ को भूकम्पमा भत्किएका भवनहरूका विषय अहिले ६ सयभन्दा बढी व्यक्तिहरूमाथि जाँच भइरहेको टर्की सरकारले जनाएको छ। न्याय मन्त्री बेकिर बोजदागले भवन निर्माणमा संलग्न ठेकेदार र मालिकहरूसहित १८४ संदिग्धहरूलाई पहिले नै पक्राउ गरिएको शनिबार जानकारी दिएका हुन् ।
दुई हप्ता अघि अधिकारीहरूले ११३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको बताएको थियो। टर्कीका मिडियाका अनुसार पक्राउ पर्नेमा एक सहरका मेयर पनि छन् । उनी भूकम्प प्रभावित क्षेत्रको सबैभन्दा नजिक रहेको सहरको रहेको बताइएको छ । भूकम्पपछि टर्कीमा १६ हजारभन्दा बढी भवनहरू ध्वस्त भएका छन् । वर्षौँदेखि विज्ञहरूले धेरै नयाँ भवनहरू भ्रष्टाचार र सरकारी नीतिहरूका कारण असुरक्षित भएको चेतावनी दिँदै आएका थिए । टर्की र सिरियामा गएको ७.८ म्याग्निच्युडको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ५० हजार नाघेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केही भएन भनेर भ्रम फिँजाउनेहरू नेपाल विरोधी वर्ग हुन् : मन्त्री खड्का
-
भारत र पाकिस्तानबिच तनाव : चर्चामा चीनको ‘जे–१० सी’
-
पनौतीमा बाढीमा बगेकी महिलाको खोजी कार्य जारी
-
प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डर तय, ८ दिन बैठक बस्ने
-
पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको चोरमारा पुल भाँचिदा यातायात अवरुद्ध
-
‘अन्यायविरुद्ध रेखा सधैँ उभिन्छे’