टर्की भूकम्प: कमजोर भवन निर्माण गरेको आरोपमा ६०० भन्दा बढीमाथि अनुसन्धान
अनकारा । गत फेब्रुअरी ६ को भूकम्पमा भत्किएका भवनहरूका विषय अहिले ६ सयभन्दा बढी व्यक्तिहरूमाथि जाँच भइरहेको टर्की सरकारले जनाएको छ। न्याय मन्त्री बेकिर बोजदागले भवन निर्माणमा संलग्न ठेकेदार र मालिकहरूसहित १८४ संदिग्धहरूलाई पहिले नै पक्राउ गरिएको शनिबार जानकारी दिएका हुन् ।
दुई हप्ता अघि अधिकारीहरूले ११३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको बताएको थियो। टर्कीका मिडियाका अनुसार पक्राउ पर्नेमा एक सहरका मेयर पनि छन् । उनी भूकम्प प्रभावित क्षेत्रको सबैभन्दा नजिक रहेको सहरको रहेको बताइएको छ । भूकम्पपछि टर्कीमा १६ हजारभन्दा बढी भवनहरू ध्वस्त भएका छन् । वर्षौँदेखि विज्ञहरूले धेरै नयाँ भवनहरू भ्रष्टाचार र सरकारी नीतिहरूका कारण असुरक्षित भएको चेतावनी दिँदै आएका थिए । टर्की र सिरियामा गएको ७.८ म्याग्निच्युडको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ५० हजार नाघेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा
-
कांग्रेस जोगाउन स्थानीय जनप्रतिनिधिकाे हस्तक्षेप, राष्ट्रिय भेला बोलाइयो
-
सडकमा प्रहरीको लाठी, सामाजिक सञ्जालमा मिम : युवा-विद्रोहको बदलिँदो रूप
-
तीन महिनामा ७ हजार फरार प्रतिवादी पक्राउ
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण