राप्रपाको युवा सङ्गठनको संयोजकमा सुजित केसी चयन
आइतबार, १४ फागुन २०७९, १६ : ५६
काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनको केन्द्रीय संयोजकमा सुजित के.सी. सर्वसम्मत चयन भएका छन् ।
काठमाडौंमा फागुन १३ र १४ गते आयोजित सङ्गठनको राष्ट्रिय भेलाले महाधिवेशन आयोजक समितिको केन्द्रीय संयोजकको रूपमा काठमाडौँका के.सी.लाई चयन गरेको हो । सङ्गठनको महाधिवेशन सम्पन्न गर्ने गरी अधिवक्ता समेत रहेका के.सी.लाई नेतृत्वको रूपमा चयन गरिएको बताइएको छ ।
सङ्गठनको केन्द्रीय पदाधिकारीमा रहेर के.सी.ले ९ वर्ष काम गरिसकेका छन् । के.सी.ले राजनीति शास्त्र, कानुन तथा समाज शास्त्रमा स्नातकोत्तर अध्ययनरत गरिसकेका छन् भने अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनैतिक विषयमा विद्यावारिधि अध्ययनरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण