शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाको युवा सङ्गठनको संयोजकमा सुजित केसी चयन

आइतबार, १४ फागुन २०७९, १६ : ५६
आइतबार, १४ फागुन २०७९

काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनको केन्द्रीय संयोजकमा सुजित के.सी. सर्वसम्मत चयन भएका छन् ।

काठमाडौंमा फागुन १३ र १४ गते आयोजित सङ्गठनको राष्ट्रिय भेलाले महाधिवेशन आयोजक समितिको केन्द्रीय संयोजकको रूपमा काठमाडौँका के.सी.लाई चयन गरेको हो । सङ्गठनको महाधिवेशन सम्पन्न गर्ने गरी अधिवक्ता समेत रहेका के.सी.लाई नेतृत्वको रूपमा चयन गरिएको बताइएको छ ।

सङ्गठनको केन्द्रीय पदाधिकारीमा रहेर के.सी.ले ९ वर्ष काम गरिसकेका छन् । के.सी.ले राजनीति शास्त्र, कानुन तथा समाज शास्त्रमा स्नातकोत्तर अध्ययनरत गरिसकेका छन् भने अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनैतिक विषयमा विद्यावारिधि अध्ययनरत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप