शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

हुण्डाईको विद्युतीय गाडीमा आकर्षक एक्सचेन्ज अफर

सोमबार, १५ फागुन २०७९, १० : ४०
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय गाडीहरूमा आकर्षक एक्सचेन्ज अफरको ल्याएको छ ।   हुन्डाईले ‘अपग्रेड योर इलेक्ट्रोलिक जर्नी युट आईओएनआईक्यू ५’ भन्ने नाराका साथ अफर सुरु गरिएको हो । 

 जसअन्तर्गत ग्राहकहरुले आफ्ना कुनै पनि विद्युतीय गाडी ल्याई हुन्डाईको विद्युतीय गाडी कोना वा आईओएनआईक्युसँग साट्न सक्नेछन् ।  यो एक्सचेन्ज योजनामा कोनाको न्युनतम एक्सचेन्ज मूल्याङ्कन रु.४० लाख कायम गरिएको छ ।  जुन हालसम्मको मूल्याङ्कनमा सब भन्दा बढी भएको जनाइएको छ । 

यो अभियानले नयाँ र विकसित विद्युतीय सवारी साधनमा अपग्रेड गर्न खोजिरहेका ग्राहकहरूका लागि उत्कृष्ट अवसर दिने कम्पनीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप