प्रधानमन्त्री प्रचण्डको काँधमा १६ मन्त्रालय
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डको काँधमा १६ मन्त्रालय परेका छन् । नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डको काँधमा १६ मन्त्रालयको जिम्मेवारी परेको हो । एमाले र राप्रपाले सरकारबाट बाहिरिनुका साथै समर्थन समेत फिर्ता लिइसकेका छन् भने रास्वपाले समर्थन फिर्ता लिएको छैन । राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रचण्डको काँधमा आठ मन्त्रालय थिए ।
जसमा वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालय, उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालय, सहरी विकास मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालय थिए । एमाले सरकारबाट बाहिरिएपछि प्रचण्डको काँधमा थप आठ मन्त्रालय थपिएका छन् । जसमा अर्थ मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, महिला बालबालिका तथा जेष्ठ नागरिक र रक्षा मन्त्रालय छन् ।
अहिले प्रचण्ड नेतृत्वको सरकारमा माओवादी र जनमत पार्टी मात्रै रहेका छन् । त्यसैले प्रचण्डले राष्ट्रपतिको चुनाव अघि सरकार विस्तार गर्न तयारी गरेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण