प्रधानमन्त्री प्रचण्डको काँधमा १६ मन्त्रालय
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डको काँधमा १६ मन्त्रालय परेका छन् । नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डको काँधमा १६ मन्त्रालयको जिम्मेवारी परेको हो । एमाले र राप्रपाले सरकारबाट बाहिरिनुका साथै समर्थन समेत फिर्ता लिइसकेका छन् भने रास्वपाले समर्थन फिर्ता लिएको छैन । राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रचण्डको काँधमा आठ मन्त्रालय थिए ।
जसमा वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालय, उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालय, सहरी विकास मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालय थिए । एमाले सरकारबाट बाहिरिएपछि प्रचण्डको काँधमा थप आठ मन्त्रालय थपिएका छन् । जसमा अर्थ मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, महिला बालबालिका तथा जेष्ठ नागरिक र रक्षा मन्त्रालय छन् ।
अहिले प्रचण्ड नेतृत्वको सरकारमा माओवादी र जनमत पार्टी मात्रै रहेका छन् । त्यसैले प्रचण्डले राष्ट्रपतिको चुनाव अघि सरकार विस्तार गर्न तयारी गरेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा
-
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौँमा
-
राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गर्छौं : मन्त्री भण्डारी
-
नाउपाभित्र खैलाबैला : दामोदर पनि रेशमको लाइनमा उभिएपछि एक्लिन् रञ्जिता
-
विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्याउने शिक्षा अध्यापन गराउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन