शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
अदालत

विदेशबाट फर्केको १५ दिनभित्र सन्दीपले अदालतलाई जानकारी गराउनुपर्ने

सोमबार, १५ फागुन २०७९, १७ : ४६
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले विदेशबाट फर्किएको १५ दिनभित्र अदालतलाई जानकारी गराउनु पर्ने भएको छ। सर्वोच्चले सन्दीपलाई क्रिकेट खेल्न जान अनुमति दिँदै फर्केपछि भने १५ दिनभित्र काठमाडौँ जिल्ला अदालतमा जानकारी गराउन आदेश दिएको हो ।  

न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले मुद्दाको छिटो टुंगो लगाउन आदेश पनि दिएको छ ।  बलात्कार आरोपित लामिछानेले उच्च अदालतको प्रतिबन्धात्मक आदेशविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।  सर्वोच्चले उच्च अदालतले २० लाख धरौटी लिएर छाड्ने आदेशलाई भने सदर गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप