बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

चोभार सुख्खा बन्दरगाहलाई लजिस्टिक हब बनाउने गरी काम भइरहेको छ : आशिष गजुरेल

सोमबार, १५ फागुन २०७९, १८ : ३८
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभार सुख्खा बन्दरगाह पूर्णरुपमा सञ्चालनका लागि चाँडै फास्ट ट्रयाक बन्नुपर्ने बताएका छन् । सोमबार आर्थिक पत्रकार समाजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक गजुरेलले यस्तो बताएका हुन् ।   

उनले कुनैपनि पूर्वाधार आइसोलेसनमा चल्न नसक्ने भन्दै चोभार सुख्खा बन्दरगाह पूर्ण रूपमा सञ्चालनको लागि तत्काल फास्ट ट्रयाक बन्न आवश्यक रहेको बताए । उनले बन्दरगाहमा व्यवसायीहरूले कन्टेनरमा ल्याउने सामान लामो बाटोबाट चोभार ल्याउनु भन्दा पनि वीरगन्जबाट सिधै काठमाडौँ ल्याउन खोज्नु स्वाभाविक भएको बताए । उनले चोभार सुख्खा बन्दरगाह भन्दा अगाडि सक्ने योजनाका साथ अघि बढेको फास्ट ट्रयाकको काम अहिलेसम्म नसकिएकाले सञ्चालनमा समस्या देखिएको बताए ।   

कार्यकारी निर्देशक गजुरेलले फास्ट ट्रयाक र रेल जडान भएपछि राम्रो हुने बताए । उनले सरकारले बन्दरगाहमा रेल जोड्ने योजना अगाडि बढिरहेको बताए । उनले इन्टरमोडलले बन्दरगाहको एक भागलाई आन्तरिक टर्मिनलका रूपमा सञ्चालनमा ल्याएको बताए । उनले आन्तरिक टर्मिनल बनाउँदा पार्किङ र गोदामको लागि नभएर लजिस्टिक हबको रूपमा काम गर्न खोजिएको बताए । उनले अहिले काठमाडौँका बीच सडकमा कन्टेनर राखेर सामान झार्ने कामलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताए ।

उनले समितिको दायित्व बन्दरगाह सञ्चालन गर्ने मात्रै नभएर व्यापारलाई सहजीकरण गर्ने हिसाबले काम गरिरहेको बताए । उनले व्यवसायीहरूले निर्यातको लागि पार्किङ लगायतको लागि बन्दरगाहमा आन्तरिक टर्मिनलमा खुला गरिएको बताए । उनले बन्दरगाह सञ्चालनको लागि समितिले मात्रै नभएर भन्सारले पनि पहल गर्न र पत्रकारहरूले पनि सकारात्मक सन्देश जानेगरी समाचार दिन आवश्यक रहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप