जुवा खेलिरहेका ७ जना चन्द्रागिरीबाट पक्राउ
सोमबार, १५ फागुन २०७९, २० : २८
काठमाडौँ । चन्द्रागिरीमा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा धादिङ गजुरी गाउँपालिका–८ घर भएका ३२ वर्षीय नितेशराज तामाङसमेत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभात बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ९ सय ८५ रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुमाथि थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण