शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

जुवा खेलिरहेका ७ जना चन्द्रागिरीबाट पक्राउ

सोमबार, १५ फागुन २०७९, २० : २८
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । चन्द्रागिरीमा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । 

प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा धादिङ गजुरी गाउँपालिका–८ घर भएका ३२ वर्षीय नितेशराज तामाङसमेत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी प्रभात बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ९ सय ८५ रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुमाथि थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।-न्युज कारखाना 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप